साफ महिला च्याम्पियनसिप :

नेपाल उपविजेतामा सीमित, बंगलादेशले जित्याे उपाधि

काठमाडौं, १४ कात्तिक । साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ ।

दशरथ रंगशालामा भएको फाइनलमा घरेलु टोली नेपाललाई २–१ गोलले पराजित गर्दै बंगलादेशले दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो ।

नेपालविरुद्ध बंगलादेशले खेलको ५१औ मिनेटमा गोल गरेको थियो । त्यसको ४ मिनेटमै नेपालकी अमिशा कार्कीले गोल गर्दै बराबरीमा फर्काएकी थिइन् ।

तर, खेलको ८१औं मिनेटमा गोल गर्दै बंगलादेशले दोस्रोपटक अग्रता लियो । त्यसपछि दुवैतर्फबाट गोल नभएपछि बंगलादेशले लगातार दोस्रोपटक साफ च्याम्पियनसिपको उपाधी जितेको हो। नेपालले भने छैटौं पटक उपविजेतामा सिमित भएको छ ।