जाजरकोटमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु
काठमाडाैं, २७ मङ्सिर । जाजरकोटको नलगाड नगरपालिका–५ मा बोलेरो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
नलगाड –५ कालीमाटीबाट वडा नम्बर–३ कटकेतर्फ गइरहेको ग३च ९४४५ नम्बरको जिप गए राति दुर्घटना भएकाे हाे ।
दुर्घटनामा नलगाड नगरपालिका–३ का ३२ वर्षीय चालक इन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, १८ वर्षीया लक्ष्मी पुन रोका र निजका छोरा आलोचन रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन तिमिल्सिनाले बताउनुभयोे ।
घाइतेमध्ये एक जनाको उपचार स्थानीय अस्पतालमा भइरहेको प्रहरीले जनाएकाे छ ।