नेपाल प्रिमियर लिग
प्लेअफका दुई खेल आज हुँदै, फाइनल पुग्ने एक टोलीको टुंगो लाग्ने
काठमाडौं, ३ पुस । नेपाल प्रिमियर लिग एनपीएलमा आज दुई खेल हुँदैछन् । आजकाे दुई खेल सम्पन्न भएपछि फाइनलमा पुग्ने एक टोलीको टुंगो लाग्नेछ ।
आज विहान ९ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्नेछन् । यो खेलमा जित निकाल्ने टिम दोस्रो क्वालिफायरमा पुग्ने छ भने हार्ने टिम बाहिरिने छ ।
यस्तै आज १ बजे सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सकाे पनि खेल हुनेछ । शीर्ष स्थानमा रहेकाे सुदूरपश्चिम र दोस्रो स्थानमा रहेका जनकपुरको खेलबाट विजेता टिम फाइनल पुग्नेछ भने हार्ने टिमले दोस्रो क्वालिफायरका लागि चितवन र कर्णालीको खेलको विजेतासँग खेल्नुपर्ने छ ।