सुनको भाउमा सामान्य गिरावट
काठमाडौं,१५ माघ । आज स्थानीय बजारमा सुनको भाउमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबारको तुलनामा आज छापावाल सुनको भाउ तोलामा रु ९०० ले घटेको हाे।
आज एक तोला छापावाल सुनको भाउ रु १ लाख ५९ हजार २०० कायम भएको छ। सोमबार यसको भाउ रु १ लाख ६० हजार १०० थियो।
त्यसैगरी, चाँदीको भाउ पनि तोलामा रु १५ ले घटेको छ। सोमबार रु १ हजार ८५० मा कारोबार भएको एक तोला चाँदीको भाउ आज रु १ हजार ८३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।