‘नो केबलकार’ समूहको वार्ता सकारात्मक, आन्दोलन स्थगित गर्ने सहमति
काठमाडौं, २९ माघ । गृहमन्त्री रमेश लेखकसँग भएकाे ‘नो केबलकार’ समूहको वार्ता सकारात्मक भएको छ ।
वार्तामा सहभागी एक सांसदका अनुसार वार्ता सकारात्मक भएको हाे । ‘नो केबलकार’ समूहले तत्कालका लागि आन्दोलन रोकेर निरन्तर वार्ता जारी राख्ने सहमति भएको छ ।
‘नो केबलकार’ समूहले आन्दोलन र थप विरोधका कार्यक्रम स्थगित गर्ने र वार्तालाई निरन्तरता दिइ बीचमा रहेर सम्झौता गर्ने सहमति भएको छ ।
ताप्लेजुङ्ग जिल्लाको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवाद सम्बन्धमा छलफलका लागि गृहमन्त्री लेखकसहित नेकपा एमालेका सचिव योगेश भट्टराई, गृह प्रवक्ता रामचन्द्र तिवारी र आन्दोलनरत पक्षबाट आङकाजी शेर्पा, रमेश राईलगायत करिब १० जनाको उपस्थितिमा वार्ता भएको जनाइएको छ ।