सुन तोलामा सात सयले बढ्यो, कतिमा हुँदैछ काराेबार ?

काठमाडौँ, ६ फागुन । स्थानीय बजारमा आज सुन प्रतितोला रु ७०० ले वृद्धि भएको छ। अन्तरराष्ट्रिय बजारमा भएको उतारचढावसँगै स्थानीय बजारमा पनि सुनको मूल्य बढेकाे हाे ।

मङ्गलबार प्रतितोला सुन रु एक लाख ६८ हजार ७०० मा खरिदबिक्री भएकामा सोही परिमाणको सुन आज बढेर प्रतितोला रु एक लाख ६९ हजार ४०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला रु एक हजार ९७० मा कारोबार भइरहेको छ ।