भक्तपुर विकास सहयोग सङ्घको ३५औँ स्थापना दिवसमा नेपालकै पहिलो बाल मुद्रा संकलक दाजुबहिनीद्वारा मुठ्ठी दान

काठमाडौँ, ६ भदौ । भक्तपुर विकास सहयोग सङ्घको ३५औँ स्थापना दिवस तथा ३२औँ वार्षिक साधारण सभा आज काठमाडौँको बुद्धनगरस्थित डि.डि.आई बैङ्क्वेटमा भव्यताका साथ सम्पन्न भएको छ ।

सङ्घका सल्लाहकार प्रा. कोमल बदन मल्लको सभापतित्वमा आयोजित सो कार्यक्रमको उद्घाटन नेपालको ‘चुच्चे नक्सा’ का प्रवर्तक एवं वरिष्ठ सीमाविद् बुद्धिनारायण श्रेष्ठले दीप प्रज्वलन गरी गर्नुभएको थियो ।

कार्यक्रममा नेपालकै पहिलो बाल मुद्रा संकलक दाजुबहिनी लक्ष्यजीत मल्ल र समृद्ध मल्लले सामाजिक उत्तरदायित्वअन्तर्गत ‘खोपृङ मुठ्ठीदानमा सहभागी भइ मुठ्ठीदान  गर्नुभएकाे थियाे ।

मुठ्ठीदानमा सहभागी दाजुबहिनी लक्ष्यजीत मल्ल र समृद्ध मल्लले जेहेन्दार बालबालिकाकाे शैक्षिक गुणस्तरलाई टेवा पुर्याउनका लागि शैक्षिक सहयोग कार्यक्रम’ मार्फत जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको थियाे ।