आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित
काठमाडौं, ७ चैत । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ।
सांसदहरूले राखेका संशोधनमाथि दफाबार छलफलपछि विधेयक बहुमतले पारित भएको हो।
दफाबार छलफलका क्रममा उठेका प्रश्नको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जवाफ दिनुभएकाे थियाे ।
सरकारले गत माघमा ल्याएको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्ने विधेयकका रूपमा यो विधेयक ल्याएको हो।