गर्भवती श्रीमतीकाे हत्या गरी खाल्डोमा गाडेर हराएको भन्दै उजुरीदिने श्रीमान् पक्राउ

इलाम, १८ चैत्र । इलाममा आफ्नै श्रीमतीकाे हत्या गरी खाल्डोमा गाडेर हराएको भन्दै प्रहरीमा निवेदन दिएका श्रीमान नै हत्यामा संलग्न रहेको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको छ।

फाकफोकथुम गाउँपालिका वडा नं. ३ सल्लेरीका २५ वर्षीय उमेश गिरीले आफ्नी १९ वर्षीया श्रीमती विमला कट्टेलको हत्या गरेको आरोपमा पक्राउ परेका हुन्। चैत्र १ गते उनले श्रीमती हराएको भन्दै आमचोक प्रहरी चौकीमा निवेदन दिएका थिए।

जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी एकनारायण कोइरालाका अनुसार, अनुसन्धानको क्रममा उमेश गिरी नै हत्यामा संलग्न रहेको प्रमाण फेला परेपछि उनलाई पक्राउ गरिएको हो। गिरीले फागुन २९ गते श्रीमतीको हत्या गरेको स्वीकार गरेका छन्।

प्रहरी प्रवक्ता सञ्जीव बोगटीका अनुसार, एक्साभेटर चालक रहेका गिरीले श्रीमतीलाई घुम्न जाउँ भनी फाकफोकथुम गाउँपालिका वडा नम्बर २ धार्नेखोप स्थित दाहाल गोलाई लगेका थिए। त्यहाँ पुर्‍याई मुक्का प्रहार गरी लडाएर घाँटी थिचेर हत्या गरेपछि एक्साभेटरले खाल्डो खनेर शव गाडेका थिए। विमलाको शव चैत्र १५ गते उत्खनन गरी निकालिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *