श्री भगवती क्लब बी डिभिजनको शीर्ष स्थानमा
काठमाडौँ, १९ चैत । श्री भगवती क्लब मङगलबार श्री कुमारी क्लबलाई २–० ले हराएर सहिद स्मारक बी डिभिजन लिगको शीर्ष स्थानमा उक्लेको छ ।
श्री भगवतीको चार खेलमा यो तेस्रो जित हो । श्री भगवतीले सर्वाधिक दस अङ्क बनाएको छ । प्लानिङ ब्वाइज तीन खेलमा तीन जितसहित नौ अङ्क बनाएर दोस्रो स्थानमा झरेको छ । यद्यपि प्लानिङ ब्लाइजसमक्ष एक खेल कम खेलेकोले चौथो चरणमै शीर्ष स्थानमा उक्लने अवसर छ । श्री कुमारीको यो लगातार चौथौ हार हो ।
श्री भगवतीका लागि खेलको १४ औं मिनेटमा सुलेमान थापा मगरले पहिलो गोल र खेलको ६२ औँ मिनेटमा अमित लामाले दोस्रो गोल गरे । सो खेलमा श्री भगवतीका निशान्त राज लावट म्यान अफ दि म्याच घोषित भए ।