रियल म्याड्रिडको घरेलु मैदानमा एन्सेलोटी र मोड्रिचको भावनात्मक विदाइ

म्याड्रिड, ११  जेठ । रियल म्याड्रिडका समर्थकले आइतबार प्रशिक्षक कार्लो एन्सेलोटी र मिडफिल्डर लुका मोड्रिचलाई भावनात्मक विदाइ गरेका छन् । यी दुवै रियल म्याड्रिडका सर्वाधिक सम्माननीय व्यक्तित्व हुन् ।

६५ वर्षीय एन्सोलोटीले ब्राजिल फुटबल टिमको राष्ट्रिय प्रशिक्षक बन्न रियल म्याड्रिड छोडेका हुन् । एन्सेलोटीले दुई फरक कार्यकालमा गरेर रियल म्याड्रिडलाई १५ उपाधि दिलाएका छन् । क्रोसियाका ३९ वर्षीय मिडफिल्डर मोड्रिचले रियल म्याड्रिडमा १३ सत्र बिताएर २८ उपाधि जितेका छन् ।

मोड्रिचले रियल म्याड्रिडलाई छ युरोपेली कप, छ क्लब विश्वकप, पाँच युरोपेली सुपर कप, चार स्पेनी लिग, दुई कोपा डेल रे र पाँच स्पेनी सुपर कप दिलाएका छन् । युरोपेली कप छ पटक जित्ने विश्विका पाँच खेलाडीमध्ये मोड्रिच पनि एक हुन् । उनले रियल म्याड्रिडको जर्सीमा ५९१ ख्ेल खेले । रियल म्याड्रिडका लागि सर्वाधिक खेल खेल्नेको सूचीमा मोड्रिच आठौँ स्थानमा छन् । मोड्रिचले रियल म्याड्रिडका लाग ४३ गोल पनि गरेका छन् ।

एन्सेलोटीका रियल म्याड्रिडका लाग अन्तिम सत्र भने सोचेअनुरुप भएन । स्पेनीस लिगको उपाधि भिडन्तमा हारेको रियल म्याड्रिडले उपाधि रक्षा अभियानमा च्याम्पियन्स लिगमा पनि लामो यात्रा तय गर्न सकेन । सन् २०१३ देखि २०१५ मा पनि गरी करीब सात वर्ष रियल म्याड्रिडको प्रशिक्षक बनेका एन्सेलोटीले आप्mनो प्रशिक्षकत्वमा तीन च्यामिपयन्स लिग, तीन क्लब विश्वकप, दुई स्पेनी लिग, दुई कोपा डेल रे, तीन युइएफए सुपर कप र दुई स्पेनी सुपर कप जितेका छन् ।

स्पेनी लिगमा रियल म्याड्रिडले रियल सोसिड्याडलाई २–० ले हराएर सान्टियागो बर्नबाउमा भएको यी दुवैको विदाइ खेललाई सुखद पनि बनायो । रियल म्याड्रिडका लाग दुवै गोल किलियन एमबापेले गरे । चालू लिगमा एमबापे ३० गोलसहित सर्वाधिक गोकलर्ताको सूचमिा अग्रस्थानमा छन् । स्पेनी लिग बार्सिलोनाले जितिसकेको छ भने रियल म्याड्रिड उपविजेता बनेको छ ।

खेल सकिँदा एन्सेलोटी र मोड्रिच मात्र होइन क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजको आँखामा पनि आँसु छल्किरहेको थियो । मोड्रिचले अझै आगामी महिना क्लब विश्वकप भने खेल्नेछन् ।
एपी