मदिरा, सुर्तीजन्य पदार्थ, बियर र चुरोटमा कर वृद्धि
काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ देखि लागू हुने गरी मदिरा, सुर्तीजन्य पदार्थ, बियर र चुरोटमा लाग्ने करको दर बढाएको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा उक्त घोषणा गर्नुभएको हो ।
बजेट वक्तव्यमा अर्थमन्त्री पौडेलले स्वास्थ्यका लागि हानिकारक मानिने यी वस्तुहरूको अन्तःशुल्क लगायतका करहरूमा समायोजन गरिएको उल्लेख गर्नुभयो ।
सरकारले यस्ता वस्तुहरूको उपभोगलाई निरुत्साहित गर्ने तथा राजस्व संकलन बढाउने उद्देश्यले प्रायः यस्ता वस्तुहरूमा कर वृद्धि गर्ने गर्दछ ।