ब्राजिल र अस्ट्रेलिया विश्वकपमा चयन
साओ पावलो, २८ जेठ । ब्राजिल बुधबार पाराग्वेलाई १–० ले हराएर विश्वकप फुटबल २०२६ मा चयन भएको छ ।
खेलको ४३ औँ मिनेटमा भिनिसियस जुनियरले गरेको निर्णायक बनेपछि पाराग्वेविरुद्धको खेलबाट ब्राजिलले महत्वपूर्ण तीन अङ्क हासिल गरेको थियो । साओपावलोमा भएको सो खेल ब्राजिलका नयाा प्रशिक्षक कार्लो एन्सोलोटीको घरेलु मैदानमा पहिलो खेल पननि हो ।
यसैगरी अस्ट्रेलियाले पनि सउदी अबरलाई २–१ ले हराएर विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको छ । सउदी अबरका अब्दुलरहमान अल ओबाउटले पहिलो गोल गरेपनि कनर मेटकाफ र मिचेल ड्युकले गोल गरी अस्ट्रेलियालाई जित दिलाए । अस्ट्र्ेलिया लगातार छैटौँ पटक विश्वकपमा पुगेको हो ।
सो खेलमा आफ्नो एक सयौँ अन्तर्राष्ट्रिय खेल खेलिरहेको अस्ट्रेलियाले अन्तिम समयमा पेनाल्टी विफल पारेका थिए ।
अस्ट्रेलिया एसियाबाट विश्वकप २०२६ मा पुग्ने छैटौँ टिम हो । यसअघि, जापान, इरान, दक्षिण कोरिया, उज्बेकिस्तान र जोर्डनले अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्तरुपमा हुने विश्वकपमा स्थान बनाइसकेका छन् । एजेन्सी