बेनफिकासँग बायर्न म्युनिखको हार

चारलोट (अमेरिका), ११ असार । एन्द्रियाज सेलडरपले गरेको गोल निर्णायक बनेपछि क्लब विश्वकप फुटबल प्रतियोगितामा बेनफिकाले बायर्न म्युनिखलाई १–० ले हराएको छ ।

यस नतिजासँगै पोर्चुगलको क्लबले समूह सीमा शीर्ष स्थान बनायो । खेलको १३ औँ मिनेटमै फ्रेडरक अरुसनेसको क्रसमा सेलडरपले गोल गरेका हुन् । यो नतिजापछि बायर्न म्युनिख दोस्रो स्थानमा रह्यो भने अर्जेन्टिनाको बोका जुनियर्स समूह चरणबाटै विदा भयो । एजेन्सी

तस्बिर साभारः एपी