आयल निगमले बढाएकाे मूल्य आजदेखि लागु, पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ बढ्याे

काठमाडौं, १७ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज देखि लागू हुने गरी पेट्रोलमा ५ र डिजेल तथा मट्टीतेलमा ४ रुपैयाँ मूल्य बढाएको हो ।

इन्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएको भन्दै निगमले पनि मूल्य बढाएको हो । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १६५ पुगेको छ भने डिजल र मट्टितेल प्रतिलिटर १४९ पुगेको छ ।

इण्डियन आयल निगमले आज पठाएअनुसार यहाँ मूल्यवृद्धि गरिएको जनाइएको छ ।
यस्तै, हवाई इन्धन अन्तरराष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ५१ ले वृद्धि भएको निगमले जनाएको छ ।