एन्फा यु१६ युथ लिगको तयारी पूरा

काठमाडौँ, १९ असार । एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगिता शुक्रबारदेखि हुँदैछ । आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) बिहीबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी दियो ।

प्रतियोगितामा १४ वटै ए डिभिजन लिग क्लबको सहभागिता रहनेछ । विजेताले ट्रफीसहित एक लाख र उपविजेताले ५० हजार रुपियाँ पुरस्कार पाउनेछन् । यसैगरी प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले जनही १५ हजार रुपियाँ प्राप्त गर्नेछन् । फेयर प्ले टिमलाई पनि १५ हजार रुपियाँले पुरस्कृत गरिनेछ ।

एन्फाले प्रतियोगिताको तयारी खर्च स्वरुप एन्फाले प्रत्येक टिमलाई ३ लाख ५० हजार रुपैयाँ प्रदान गरिएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । प्रतियोगिताको अनुमानित बजेट १ करोड २ लाख ३६ हजार ३३० रुपियाँ रहेको छ ।

उद्घाटन खेल मनाङ मस्र्याङदी र श्री भगवती क्लब बिच हुनेछ ।