साउनको अन्तिम सोमबार पशुपतिमा भक्तजनको घुइँचो

काठमाडौँ, २६ साउन । हिन्दू धर्मावलम्बीहरूका लागि पवित्र मानिने साउन महिनाको अन्तिम सोमबार आज पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थी तथा व्रतालुहरूको बाक्लो उपस्थिति देखिएको छ।

भगवान् शिवको प्रिय महिना र बार मानिने यस दिनमा दर्शन तथा पूजाआजा गर्नाले मनोकांक्षा पूरा हुने विश्वासका साथ हजारौँ श्रद्धालुहरू पशुपति क्षेत्रमा भेला भएका छन्।

विशेषगरी रातो तथा पहेँलो पहिरनमा सजिएका महिला व्रतालुहरूले भगवान् शिवलाई जल, दूध र बेलपत्र चढाएर पारिवारिक सुख, शान्ति र पतिको दीर्घायुको कामना गर्दै अन्तिम साउनकाे साेमबार आज ब्रत बस्नेहरूकाे भिड लागेकाे छ ।

मन्दिर परिसरकम भक्तजनको सहज दर्शनका लागि पशुपति क्षेत्र विकास कोषले सुरक्षा तथा अन्य व्यवस्थापनलाई चुस्त बनाएको जनाएको छ।