एट्लेटिको म्याड्रिड पहिलो खेलमै पराजित

काठमाडौँ, २ भदौ । स्पेनी लिगमा आइतबार राति एट्लेटिको म्याड्रिडले पहिलो खेलमै पराजित भएको छ । घरेलु मैदानमा इस्पानियोलले एट्लेटिको म्याड्रिडलाई २–१ ले हरायो । सन् २०११ मा डिएगो सिमियोनीको प्रशिक्षकत्व सम्हालेपछि एट्लेटिको म्याड्रिडले स्पेनी लिगमा पहिलो पटक पहिलो खेलमा पराजय वेहोरको हो ।

खेलको ३७ औँ मिनेटमा युलियन अल्भारजको फ्रिकिक गोलबाट अल्भारेजले अग्रता बनाएको थियो । तर खेलको ७४ औँ मिनेटमा मिगेल रुवियो र ८४ औँ मिनेटमा पेरे मिलाले गोल गरी इस्पानियोललाई जित दिलाए ।