समाजसेवी राजेश हिमालयलाई युगान्तर सम्मान

काठमाडौं, ६ भदाै। समाजसेवी तथा लायन्स क्लब अफ काठमाडौं फेलोसिप एफका पूर्वअध्यक्ष राजेश हिमालय सम्मानित हुनुभएको छ। युगान्तर मिडियाको सातौँ वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित एक विशेष समारोहमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले उहाँलाई सम्मान गर्नुभएको हो।

हिमालयलाई शैक्षिक तथा सामाजिक क्षेत्रमा पुर्‍याएको निरन्तर योगदानको कदर गर्दै सम्मान गरिएको हो। उहाँले लामो समयदेखि ‘रत्न छत्र हिमालय फाउण्डेसन’ स्थापना गरी देशका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरूमा शैक्षिक संस्थामा सहयाेग गर्दै आउनुभएको छ।

उहाँले इसिएलएफ नेपाल नामक संस्थासँगको सहकार्यमा सयौँ विद्यालयहरूमा शैक्षिक सामग्री, खेलकुद सामग्री तथा अन्य आवश्यक सहयोग उपलब्ध गराइसक्नुभएको छ। उहाँको यो अभियानबाट ग्रामीण क्षेत्रका हजारौँ विद्यार्थीहरू लाभान्वित भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *