डडेल्धुरा जिप दुर्घटना अपडेट : मृतक सबैकाे सनाखत

डडेल्धुरा, १२ भदाै । डडेल्धुरामा बिहीबार बिहान भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्।

उग्रतारा यातायातको से १ ज ७३८ नम्बरको जिप दुर्घटना भएकाे हाे । दुर्घटनामा मृत्यु भएकाहरू सबैकाे सनाखत भएकाे छ ।

मृत्यु हुनेहरूमा १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउद रहेका छन्।

घाइतेहरूमा १८ वर्षीया सुशीला विक, चार वर्षीया बालिका प्रतिका पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद र जिप चालक ३५ वर्षीय रामबहादुर साउद छन्। सुशीला विक र जिप चालक रामबहादुर साउदको अवस्था गम्भीर छ।

दुर्घटनाको कारण खुल्न सकेको छैन, तर जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो।