नेपाल यु २३ तीनै खेलमा पराजित

काठमाडौँ, २५ भदौ । एएफसी यू–२३ एसियन कप छनोट प्रतियोगितामा नेपाल तीनै खेल हारेर घर फर्किने भएको छ ।

समूह ‘के’ अन्तर्गत मंगलबार नेपाल आफ्नो अन्तिम खेलमा फिलिपिन्ससँग ४–० ले पराजित भयो । यसअघि, घरेलु टिम ताजकिस्तानले ४–० र सिरियाले ४–२ ले नेपाललाई पराजित गरेको थियो । अन्तिम खेलअघि नै नेपालको एएफसी यु२३ मा चयन हुने सम्भावना क्षीण भइसकेको थियो ।

नेपालविरुद्ध फिलिपिन्सका लागि ओटु बोनोटाउ, ह्याभियर मारियोना, दोभ कारिनो र कप्तान सान्द्रो रेयेसले गोल गरे।

अर्को खेलमा ताजकिस्नतानलाई १–० ले हराएर सिरिया अर्को वर्ष सउदी अरबमा हुने एएफसी एसियन कप मा चयन भो । खेलको इन्जुरी समयको आठौँ मिनेटमा मोहम्मद अल्सराक्बीले गोल गरेपछि सिरिया सनसनीपूर्ण तरिकाले छनोट भयो ।