प्रहरी चौकी लुटपाट र आगजनी गर्नेहरू धमाधम पक्राउ पर्दै, कुपण्डोल प्रहरी चौकी आगजनी गर्ने दुईजना पक्राउ
ललितपुर । जेनजी आन्दोलनका क्रममा प्रहरी चौकीमा आगजनी तथा लुटपाट गर्नेहरू धमाधम पक्राउ पर्न थालेका छन् ।
भदौ २४ गते कुपण्डोलस्थित हनुमानस्थानमा रहेको प्रहरी चौकीमा तोडफोड र आगजनी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेकाे हाे ।
जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार पक्राउ पर्नेमा सानेपा बस्ने २४ वर्षीया सृष्टी तामाङ र बैतडी, मलौली नगरपालिका- ९ घर भई ललितपुरको कुपण्डोल वस्ने २४ वर्षीय धीरेन्द्र चन्द छन् ।
उनीहरूले प्रहरी चौकी तोडफोड र अगजनी गरी त्यहाँ रहेका प्रहरी पोशाक, हतियार र खाद्यान्नका सामान लुटेका थिए । विभिन्न सामाजिक सञ्जालमा त्यसका दृश्यहरुको अध्ययनपछि उनीहरू पक्राउ परेको एसएसपी अधिकारीले बताए ।