रियल म्याड्रिडको पहिलो हार

म्याड्रिड, १२ असोज । स्पेनी लिगअन्तर्गत भएको म्याड्रिड डर्बीमा एट्लेटिको म्याड्रिडले रियल म्याड्रिडलाई ५–२ ले हराएको छ ।

चालू लगमा रियल म्याड्रिडको यो पहिलो हार भएको छ । यसअघिका छ खेलै जितेर रियल म्याड्रिडले शानदार सुरुआत गरेको थियो । एट्लेटिको जितसँगै चौथो स्थानमा उक्लेको छ । रियल म्याड्रिडको भने यस हारसँगै अग्रस्थान गुम्ने सम्भवना बढेको छ । अब बार्सिलोनासमक्ष रियल सोसिड्याडलाई हराएर शीर्ष स्थानमा उक्लने अवसर मिलेको छ ।

अर्जेन्टिनाका स्ट्राइकर जुलियन अल्भारेजले दुई गोल गरेपछि रियल म्याड्रिड स्तब्ध बनेको हो । घरेलु टिम एट्ल्टिको रोवन लि नोमान्डको गोलले अगाडि भएको थियो । किलियन एमबापे र अर्डा गुलरले गोल गरेपछि रियल म्याड्रिड २–१ ले अगाडि भयो । पूर्वार्धको इन्जुरी समयै सोर्लोथले खेल बराबर गरे ।

उत्तरार्धमा अल्भारेजले पेनाल्टी र फ्रिकिकमा लगातार गोल गरेर एट्लेटिकोको जित पक्का गरे । एट्लेटिको म्याड्रिडको पाँचौँ तथा अन्तिम गोज एन्टोनी ग्रिज्मयानको नाममा रह्यो । शनिबार राति नै तेस्रो स्थानमा रहेको भिलारियलले एथ्लेटिको बिल्बाओलाई १–० ले हराएको छ । खेलको ७७ औँ मिनेटमा स्थानापन्न खेलाडी अलवर्टो मोलयरोले एक मात्र गोल गरे ।