नेपाल टि२० विश्वकपमा चयन

काठमाडौँ, २९ असोज । नेपालले समग्रमा तेस्रो पटक र लगातार दोस्रो पटक आइसिसी टि२० विश्वकपमा खेल्ने भएको छ । टि२० विश्वकपको दसौँ संस्करण सन् २०२६ मा भारत र श्रीलङकामा संयुक्तरुपमा आयोजना हुँदैछ ।

आइसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा संयुक्त अरब इमिरेट्स (युएइ)ले बुधबार सामोआलाई ७७ रनले हराएपछि नेपालले दुई खेलअगाडि नै विश्वकपमा स्थान सुरक्षित गर्यो । अपराजित नेपालले अब ओमान र सामोआविरुद्ध च्याम्पियन बन्न खेल्नेछ ।

नेपालले पहिलो पटक सन् २०१४ मा टि२० विश्वकप खेलेको हो । त्यसपछि नेपाललाई अर्को विश्वकप खेल्न दस वर्ष लाग्यो । नेपालले सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएको पछिल्लो विश्वकपमा खेलेको हो ।