महिला फुटसलमा नेपाल चौथो
काठमाडौँ, माघ ११ गते । साफ महिला फुटसल च्याम्पियनसिपमा नेपालले अन्तिम खेलमा भुटानलाई ५–३ ले हराएको छ । सिङगल राउन्ड रोविन लिगअन्तर्गत भएको प्रतियोगितमा नेपालले छैटौं खेल जितेर नेपाल चौथो स्थान हासिल गर्यो । नेपालले तीन जित, एक बराबरी र दुई हारमा खेलेर दस अङक बनायो ।
साफ महिला फुटसलको पहिलो संस्करणका विजेता बङगलादेश बन्यो । बङगलादेशले पाँच जित र एक बराबरीसहित सर्वाधिक १६ अङक बनएर च्याम्पियन बनेको हो । थाइल्यान्डको बैंककस्थित ह्वामाक इन्डोर रङगशालामा नेपालसँग हारेपछि भुटान तेस्रो भयो। भारतले दोस्रो स्थन प्राप्त गर्यो ।