टि२० विश्वकप वार्मअपमा नेपाल विजयी
काठमाडौँ, २० माघ । आइसिसी टि२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत पहिलो वार्मअप खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई सात विकेटले हराएको छ ।
भारतको चेन्नईस्थत चिदामबरम रङगशालामा दिपेन्द्र सिंह ऐरी र आरिफ शेखले अविजित शतकीय साझेदारी गरेपछि नेपालले सहज जित प्राप्त गर्यो । टस हारेपछि पहिले ब्याटिङ गरेको युएइले निर्धारीत २० ओभरमा छ विकेटको क्षतिमा १४५ रनको स्कोर बनाएको थियो । नेपालले १८ बल बाँकी छँदै तीन विकेटको क्षतिमा १४८ रन बनाएर जित प्रात गर्यो ।
दिपेन्द्र र आरिफले चौथो विकेटका लागि अविजित १०३ रनको साझेदारी गरे । आरिफले ३७ बलमा आठ चौका र दुई छक्कासहित ६१ रर दिपेन्द्रले ३१ बलमा चार चौका र एक छक्कासहित ५० रन बनाउनुभयो । यसअघि प्रारम्भिक ब्याट्सम्यानद्वय कुशल भुर्तेल र आसिफ शेख समान आठ–आठ रनमा आउट भएका थिए । कप्तान रोहित पौडेलले १६ रन बनाए ।
युएइका लागि सोहेब खानले २७ बलमा आउट नभइकन सर्वाधिक ३८ रन बनाए । हर्सित कौसिकले पन २४ बलमा ३५ रनको शानदार पालि खेले । नेपालका लागि सन्दीप लामिछाने र करण केसीले दुई–दुई तथा दिपेन्द्रले एक विकेट लिए ।
नेपालले विश्वकप खेल्नुअघि बिहिबार क्यानाडासँग दोस्रो वार्मअप खेल खेल्नेछ । भारत र श्रीलङ्काममा संयुक्तरुपमा शनिबार सुरु हुने विश्वकपमा नेपाल समूह सीमा रहेको छ । सो समूहमा दुई पटकको विजेता टिमहरु इङगल्यानड र वेस्ट इन्डिजसँगै इटाली र स्कटल्यान्ड पनि छन् ।