कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आज बस्दै : कृषि मन्त्रालयको कार्य प्रगति र भावी योजनाबारे छलफल हुने
काठमाडौँ, जेठ १ । सङ्घीय संसद्अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आज बिहान ११ः०० बजे बस्ने भएको छ ।
संसद् सचिवालयका अनुसार उक्त बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयको समग्र वस्तुस्थिति, हालसम्म सम्पादित कामकारबाही, चालु आर्थिक वर्षको प्रगति समीक्षा र आगामी कार्ययोजनाका विषयमा विस्तृत छलफल हुने कार्यसूची तय गरिएको छ ।
बैठकमा मन्त्रालयका प्रतिनिधिहरूले मन्त्रालयको कार्यप्रगति र आगामी रणनीतिबारे समितिलाई जानकारी गराउने कार्यक्रम रहेको छ ।