जेठ १४ गतेदेखि लगातार ४ दिन सार्वजनिक बिदा
काठमाडौँ, ८ जेठ । सरकारले आगामी जेठ १४ गते बकर इद (ईद–उल–अज्हा) को अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेसँगै आगामी साता लगातार चार दिन बिदा हुने भएको छ।
गृह मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व बकर इद जेठ १४ गते परेकाले सो दिन सार्वजनिक बिदा दिने जानकारी दिएको हो।
नेपाल सरकारले बकर इदका दिन सार्वजनिक बिदा दिने पूर्व निर्धारित व्यवस्था बमोजिम नै यो निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ। बकर इदको बिदासँगै अन्य सार्वजनिक बिदाहरू लगातार परेपछि लामो समय सार्वजनिक बिदा हुने भएकाे छ ।
१. जेठ १४ गते (बिहीबार): बकर इद (ईद–उल–अज्हा) को बिदा।
२. जेठ १५ गते (शुक्रबार): गणतन्त्र दिवसको वार्षिक सार्वजनिक बिदा।
३. जेठ १६ गते (शनिबार): साप्ताहिक सार्वजनिक बिदा।
४. जेठ १७ गते (आइतबार): सरकारको निर्णयअनुसारको नियमित साप्ताहिक बिदा।