सुनको मूल्यमा ७ हजार ६०० रुपैयाँको उछाल, चाँदी पनि तोलामा १४५ ले महँगियो

काठमाडौँ, १८ भदौ । विगत केही दिनदेखि निरन्तर घटिरहेको सुनको मूल्यमा बिहीबार वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एकैदिन प्रतितोला ७ हजार ६०० रुपैयाँले बढेको हो ।

महासंघले आजका लागि छापावाल सुनको कारोबार मूल्य प्रतितोला ३ लाख ४ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन अर्थात् बुधबार सुन प्रतितोला २ लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । साताको सुरुदेखि नै ओरालो लागेको सुनको भाउमा आज देखिएको यो वृद्धि पछिल्लो समयकै उच्च मध्येको एक हो ।

सुनसँगै चाँदीको मूल्यमा पनि बिहीबार उल्लेख्य वृद्धि भएको छ । आज चाँदी प्रतितोला १४५ रुपैयाँले बढेर ४ हजार ७२५ रुपैयाँ पुगेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ५८० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको तीव्र सुधार र स्थानीय बजारमा मागको बढ्दो चापका कारण मूल्य पुनः उकालो लागेको व्यवसायीहरूले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *