अमरिकाव्दारा क्युवाका दुई जना कूटनीतिज्ञलाई देश निकाला

 

अमेरिका । संयुक्त राज्य अमेरिकाले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि दुई कूटनीतिज्ञलाई देशनिकाला गरेको छ।

अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताका अनुसार उनीहरूमाथि ूअमेरिकाको राष्ट्रिय हितलाई हानि पुग्ने गतिविधिमा संलग्नू रहेको आरोप छ।

अमेरिकाले अन्य क्युबाली कूटनीतिज्ञको हिँडडुलमा पनि प्रतिबन्धहरू लगाउँदै राष्ट्रसङ्घको मुख्यालय रहेको म्यान्ह्याटनभित्रै रहनुपर्ने उल्लेख गरेको मोर्गन ओर्टागुसले बताए।

अमेरिकाले क्युबाली कूटनीतिज्ञका आरोपित गतिविधिबारे विस्तृत रूपमा उल्लेख गरेको छैन।

क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगुएजले सो कदमलाई ूस्पष्ट रूपमा अनुचितू भएको बताएका छन्।

स्पेनिश भाषामा गरेको ट्वीटमा उनले आफ्नो देशका कूटनीतिज्ञमाथि लगाइएका आरोप ूअश्लील आरोपू भएको बताएका छन् र देशनिकालाको कदमले तनाव उत्पन्न गराएको उल्लेख गरेका छन्।