राष्ट्रियसभाको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा बादल नै उम्मेदवार

काठमाडौं। नेकपा एमालेले राष्ट्रियसभाको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा बादललाई नै उम्मेदवार बनाएको छ।
शुक्रबार बसेको नेताहरुको बैठकपछि गृहमन्त्री थापा बादललाई नै उम्मेदवार बनाउने निर्णय गरिएको हो। उम्मेदवारी तय भएलगत्तै गृहमन्त्री बादल हेलिकोप्टर चढेर उम्मेदवारी मनोनयन गर्न वाग्मती प्रदेशको राजधानी हेटौंडा पुगेका छन्। थापाका साथमा नेता अग्नि खरेलपनिसँगै पुगेका छन्।

बादल नेकपा एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रले पार्टीबाट निश्काशन गरेका बादलको सांसद पद पनि खारेज भएको थियो। रिक्त रहेको सोही अन्य समूहतर्फको एक सिटका लागि आगामी जेठ ६ गते हुने उपनिर्वाचन हुँदैछ। विसं.२०७४ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट बादल यही सिटमा विजयी बनेका थिए।

उम्मेदवारी दर्ताका लागि आज शुक्रवार अपराह्न ४ बजेसम्मको समय तोकिएको छ। नेपाली कांग्रेस, माओवादी केन्द्र र एमालेको माधव नेपाल समूहले भने संघीयताविज्ञ डा.खिमलाल देवकोटालाई उम्मेदवार बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *