सचिवालय बैठक सकियो, पुर्नगठन भन्ने शब्द तत्काललाई हट्यो
काठमाडौं, ४ असोज । नेकपा (एमाले) को सचिवालय बैठक सकिएको छ । बैठकले राष्ट्रिय प्रतिनिधि परिषद बैठक बोलाउन सहमति गरेको बैठकमा सहभागी नेताहरुले जानकारी दिएका छन् । सोमबार बस्ने केन्द्रीय समितिको बैठकका एजेण्डा तयका लागि आज सचिवलाय बैठक बसेको थियो । बैठकले यो निर्णय गरेको हो ।
१० औं सचिवालय बैठकले यसअघि कार्यदलले तयार पारेको प्रतिवेदन अनुमोदन गरेको नेताहरुको भनाई छ । कार्यदलका संयोजक रामबहादुर थापा बादलले पेस गरेको प्रतिवेदनलाई सचिवालय बैठकले निचोडमा पुर्याएको पनि नेताहरुले जानकारी दिएका छन् । पुर्नगठन भन्ने शब्द तत्काललाई हटेको पनि नेताहरुले जानकारी दिएका छन् ।
उपाध्यक्ष एवम् कार्यदलका संयोजक रामबहादुर थापा बादल र महासचिव शङ्कर पोखरेलले तयार पारेको प्रतिवेदन संयोजन गरेर एकीकृत प्रतिवेदन बनाइएपछि यसलाई अनुमोदन गरिएको हो ।
