अमेरिका जान हवाई यात्रा खुकुलो पारिँदै
अमेरिका । अमेरिकाले यूके, ईयू र अन्य देशहरूका मानिसहरु आफ्नो देश प्रवेश गर्न पाउनेगरी यात्रा प्रतिबन्ध खुकुलो पारेको छ। नोभेम्बरबाट पूर्णमात्रा खोप लगाएका विदेशी यात्रुहरू कोभिड परीक्षण र कन्ट्याक्ट ट्रेसिङ मात्र गरेपछि अमेरिका जान पाउनेछन्।
गतसाता मात्र ह्वाइटहाउसले प्रतिबन्धहरू नहटाइने बताएको थियो।
विश्वको सबभन्दा व्यस्त विमानस्थलका प्रमुख भन्छन्( खोप राहदानीको विकल्प छैन
कोभिड नियन्त्रणका लागि भन्दै १८ महिनाअघिदेखि त्यहाँ हवाईयात्राका कडा प्रतिबन्धहरू लगाइएको थियो।