मुगुमा भीषण आगलागी, २० घर पूर्णरुपमा जलेर नष्ट

 

काठमाडौं । मुगु जिल्लाको सदरमुकाम गमगढीमा मंगलबार विहानबाट भीषण आगलागी भएको छ ।

स्थानीय सुकमाया शाहीले दिएको जानकारीअनुसार मंगलबार विहानबाट सुरु भएको आगलागीका कारण कम्तिमा पनि २० घर पूर्णरुपमा जलेका छन् । आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन । स्थानीय तथा सुरक्षा संयन्त्रले आगो निभाउन प्रयास सुरु गरेका छन् ।