नेपालका जननी पृथ्वीनारायण : रामचन्द्र अधिकारी,न्युयोर्क, अमेरिका

 

गोर्खाको दरबार,शान र सौकात,थिएन कमीक्यै
बीसैवर्षमा राजाबनी,संघर्ष गर्दै ,डुलेथे छिमेक्मै
बाईसे चौवीसे राज्य,यत्र र तत्र तँभन्दा म के कम
सबैका सामु घुँडानै टेकाई अगाडी लम्के हरदम्॥

साम र दाम दण्ड र भेद मुलमन्त्र सदा मनैमा लिएर
विशाल नेपाल बनाउन लागिपर्यौ दिलोज्यान दिएर
कुटनिती,राजनिती कतिपो गर्यौ यो देशैका खातिर
संकल्प यौटैराज्य बनाउनु थियो टुक्राहरू समेटेर॥

हे शासकजनहरू जानीबुझी पनी किनहो यस्तोहाल
सुन्दर शान्त विशाल देशफेरी विखण्डनतर्फ जाला
सदबुद्दी आओस् लौ केही त सिक यीनका कर्मबाट
यीनीलडे कसरी देशका खातीर नभनेरै दिन र रात॥

यीन्कै सृष्टिमा नेपालीभै गर्वसाथ उभिन्छौ जहाँपनी
कठै शालीकपनी यीन्का तोडेहै कती मुर्ख भै अज्ञानी
महत्व यीन्का नबुझी अझैकती बिदेसीलाई पुज्दछन्
सबैले राष्ट्रनिर्माता राष्ट्रभक्त राजा भनी बुज्दछन्॥

दिव्यनै रहे यीन्का अर्ती उपदेश युगौं कालजयी बनेर
हे दुरद्रष्टा अमररहु युगौंयुग मेटीन्न है इतिहास मेटेर
पार्टीभन्दा माथी देशराखी सोचौं सबैले सच्चा मनले
२७ पौषमै राष्ट्रीय दिवस मनाउँ सबै नेपालीजनले॥

हे पृथ्वी तिमी महान हौ,बर्णन यी शब्दले कसरी गरौं
हट्नेहैन डटीलड्ने नेपाली भनीकन आदर्शलाई छर्यौ
यस्ता महान सपुतका अमरगाथा स्वर्णाक्षरले छापौं
पृथ्वीनारायण देशकै जननी हुन् ईतिहासमै राखौं॥