तीन दिन निरन्तर घटेको शेयर बजारमा सोमबार सामान्य सुधार
काठमाडौ : तीन दिनदेखि उच्च अंकले घटिरहेको शेयर बजारमा सोमबार भने सामान्य सुधार देखिएको छ । यस दिन नेप्से सूचक ३.७६ अंकले बढेर उन्नाइस सय ९३.०२ विन्दुमा बन्द भएको छ ।
यस दिन १ अर्ब २६ करोड ६६ लाख १९ हजार १५० रुपैयाँ बराबरको ३४ लाख ४० हजार ९०० कित्ता शेयर कारोबार भएको छ । यस दिन कारोबार रकम भने घटेको छ ।
सोमबार विन लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ७.४८ प्रतिशतले बढेको छ भने रुरु जलविद्युतको शेयरमूल्य सबैभन्दा धेरै ५.७० प्रतिशतले घटेको छ ।
सोमबार नेपाल दुरसञ्चार कम्पनीको सबैभन्दा धेरै ११ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यस दिन कारोबारमा आएका १३ उपसमूहमा ९ उपसमूहको सूचक सकारात्मक देखिएका छन् भने ४उपसमूहको सूचक नकारात्मक देखिएका छन् ।