निर्वाचनलाई प्रविधिमैत्री बनाउन युवा संघको प्रचार भेला, ओलीको उपस्थितिमा गुञ्जायमान प्रज्ञाभवन (तीन तस्बिरसहित)

काठमाडौं, ७ असोज । नवीनता, सृजनशीलता र गतिशीलताको नारा बोकेर हिँडेको युवा संघ नेपाल नेकपा (एमाले) भ्रातृ संगठन हो । बहुदलीय प्रजातन्त्रको अभ्युदयसँगै स्थापना भएको युवा संघ नेपाल स्थापना हुँदा प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको नामले परिचित थियो । अझ गज्जब त के छ भने वर्तमान युवा संघ नेपालमा संस्थापक अध्यक्ष अहिलेको नेकपा (एमाले) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली हुनहुन्थ्यो । उहाँपछि युवा संघको नेतृत्व चर्चित युवाहरुबाट हुँदै आयो ।

काठमाडौँ महानगरपालिकाका पूर्व मेयर केशव स्थापितदेखि स्वर्गीय पुशपति चौलागाईँसम्म युवासघंको नेतृत्वमा पुग्नुभयो । एमालेका वर्तमान सचिव गोकर्ण विष्ट र एमालेका पोलिट्व्युरो सदस्य महेश बस्नेतसम्म युवाको अध्यक्षको जिम्मेवारीमा रहनुभयो ।

कुनै समय नेकपा माओवादीको भ्रातृ संगठन वाइसीएलको दवदबा रहेका बेला युवा सघंले युर्थफोर्स गठन गरेको थियो । त्यसको नेतृत्वमा महेश बस्नेत हुनुहुन्थ्यो । त्यतिबेला युथफोर्सको दबदबाका सामू वाइसीएल निरीह बनेको थियो । हो, त्यहि युवा संघ अहिले पनि जहाँ युवा, त्यहाँ युवा संघको अभियानसहित अघि बढेको छ ।

एमालेका अन्य भ्रातृ संगठनको तुल संयुवा संघका गतिविधि उसको नारा जस्तै सृजनशील र गतिशील देखिन्छन् । एमाले सरकारका रहँदा होस या बाहिर हुँदा नै युवासँघका गतिविधिले चर्चा कमाइरहेका हुन्छन् ।

कहिले फोहोर संकलन गर्दै युवा संघ सडक भेटिन्छ भने कहिले रचनात्मक र सिर्जनान्तमक काममा डुबुल्की मारिरहेको अवस्थामा युवा संघ भेटिन्छ । केपी ओली प्रधानमन्त्री हुँदा धेरै सकारात्मक काम भए । ती कामको चर्चा भन्दा पनि ओली सरकारका पलामा भएका केही कमजोरीलाई उठाएर त्यसैको पुलिन्दा बनाउने अभियान चलाइरहेका बेला युवा संघले तस्बिरमा ओली सरकार तस्बिर संग्रह निकालेर ओली सरकारका सकारात्मक कामको दृष्य देखाएको थियो । युवा सघ कहिले साइवर फोर्स बनाएर चर्चामा हुन्छ भने कहिले सरकारविरुद्ध सडका जेहाद छेडेर चुनौति दिन्छ ।

हो, त्यहि युवा संघ नेपालले साइवर सर्कल र प्रचार विभागको आयोजनामा आगामी मंसिर ४ मा हुने संघीय र प्रदेश तहको निर्वाचनलाई केन्द्रित गरेर आज राजधानीमा ७७ वटै जिल्लाका युवा भेला गरी गरी राष्ट्रिय प्रचार भेलाको आयोजना गरेको छ । मुख्य गरेर निर्वाचनलाई कसरी प्रविधिमैत्री बनाउने भनेर आयोजना गरेको भेलामा महेश बस्नेत, कुन्दन अर्याल, रमेश बडाल, वाइपी आचार्य, सन्तोष पाण्डे, अस्कर अलीलगायतले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमको अन्तिममा एमाले अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुनुभएको छ । उहाँको उपस्थितिसँगै साँस्कृतिक कार्यक्रम भएका थिएँ भने उहाँले पनि सम्वोधन गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *