ट्रमा सेन्टरमा गरिन् जयकलाले आत्महत्या

काठमाडौँ । राजधानीको वीर अस्पतालस्थित ट्रमा सेन्टरको पाँचौ तलमा ६५ वर्षकी जयकला घर्तिमगरले झुन्डिएर आत्महत्या गरिन् । प्रहरीले पनि आत्महत्या गर्नुको कारण यही नै हो भनेर ठहर्‍याएको छैन । अस्पतालमा कुरुवा बसेकी जयकलाकी छोरीसितको कुराकानी पश्चात्त मात्रै आत्महत्याको कारणबारे थाहा हुन सक्ने प्रहरीको भनाइ छ । जयकलाका छोरा विदेशमा छन् । बाग्लुङ जिल्ला मिजी १ घर भएकी जयकला विगत तीन हप्तादेखि ट्रमा सेन्टरमा उपचाररत थिइन् । उनी लामो समयदेखि हड्डी तथा मेरुदण्डको समस्याबाट पीडित थिइन् । उनको मेरुदण्डको शल्यक्रिया गर्ने भनिए पनि दुईपटक सरेको थियो । अस्पताल स्रोतका अनुसार शल्यक्रिया गरेवापत चर्को शुल्क चर्को तिर्नुपर्ने बेडमा रहेका अन्य बिरामीहरुबाट सुनेपछि जयकला तनावमा थिइन् ।
जयकलाको शवलाई पोष्टमार्टमका लागि त्रिविवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ ।

चैत २४ गते ।