नेप्से २७ अंकले ओरालाे लाग्याे, ९७ करोडकाे कारोबार
काठमाडौं, २४ असोज । साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार दोहोरो अंकले ओरालाे लागेकाे छ ।
साेमबार बजार परिसूचक नेप्से २७.२६ अंक ले ओरालाे लागेर १८७१.२२ अंकमा बन्द भएको छ । दशैंपछिको पहिलो कारोबार दिन आइतबार ४४ अंकको वृद्धि भएको नेप्से सोमबार नै पुनः ओरालाे लागेकाे हाे ।
नेप्सेसँगै म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट भएको छ । यता कारोबार रकम भने बढेर करिब १ अर्ब नजिक पुगेको छ ।
आइतबार करिब ८४ करोडको कारोबार भएको बजारमा सोमबार ३१ लाख ५५ हजार ६९५ कित्ता सेयर किनबेच हुँदा ९७ करोड १७ लाख ६८ हजारको कारोबार भएको छ ।
जसमध्ये हिमालयन एभरेष्ट इन्स्योरेन्सको सर्वाधिक १६ करोड ५८ लाख ७६ हजारको कारोबार हुँदा नेपाल इन्स्योरेन्सको संस्थापक सेयर ६ करोड ६ लाख १२ हजार ५०० रुपैयाँ र नबिल बैंकको ४ करोड ४२ लाख २० हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
सोमबार नेप्सेमा कुल १८५ कम्पनीको शेयर कारोबार भएकोमा १६४ कम्पनीको शेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै १९ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा २ कम्पनीको स्थिर छ ।
सोमबार कारोबार भएकामध्ये अभियान लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।