पृथ्वीको मतदान बुद्धोदयबाट, ढुक्क भएर मतदान गर्न आग्रह

काठमाडौँ, ४ मंसिर । नेकपा (एमाले)का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले लमजुङको बुद्धोदय माध्यामिक विद्यालयबाट मतदान गर्नुभएको छ । उहाँ लमजुङबाट एमालेका तर्फबाट उम्मेदवार हुनुहुन्छ । उहाँले मतदानपछि ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गर्नुभयो ।