राष्ट्रपति पौडेलले आज दिउँसो ३:३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने
काठमाडौँ, २२ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३:३० बजे राष्ट्रका नाममा विशेष सम्बोधन गर्नुहुने भएको छ।
राष्ट्रपति सचिवालयका अनुसार आजै बिहान भोटेकोशी र त्रिशूली नदीको बाढीबाट अति प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रहरूको स्थलगत अवलोकन गरी काठमाडौँ फर्किएलत्तै उहाँले राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको हो।
सम्बोधनका क्रममा राष्ट्रपति पौडेलले बाढी प्रभावित क्षेत्रको पछिल्लो अवस्था, सरकार र सुरक्षा निकायद्वारा भइरहेका उद्धार तथा राहतका कार्यहरू र विपद्को यस कठिन घडीमा मुलुकले अवलम्बन गर्नुपर्ने तत्कालीन एवं दीर्घकालीन रणनीतिबारे प्रकाश पार्नुहुने बुझिएको छ।