प्रदेश एक सरकार गठनमा एमालेलाई सहज गणित, गठबन्धनमा सकस
काठमाडौं, १२ मंसिर । १४ जिल्ला रहेको प्रदेश एकमा प्रदेशसभातर्फ प्रत्यक्षमा ५६ वटा निर्वाचन क्षेत्र रहेका छन् । पछिल्लो मतपरिणामको अवस्थालाई हेर्दा प्रदेश एकमा नेकपा एमाले राप्रपासँग मिलेर सरकार बनाउन सक्ने संकेत देखिएको छ ।
५६ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको यो प्रदेशमा अहिलेसम्म ४९ क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । पछिल्लो परिणाम अनुसार ताप्लेजुङका २ मध्ये एक क्षेत्रमा एमाले र एकमा कांग्रेस विजयी भएको छ । पाँचथरका दुईवटै निर्वाचन क्षेत्रको परिणाम आउन बाँकी छ । ती दुबै क्षेत्रमा तिव्र प्रतिस्पर्धा देखिएको छ । इलाम क्षेत्र नम्बर एकका दुइ मध्ये एक–एक निर्वाचन क्षेत्रबाट कांग्रेस र एमाले विजयी भएको छ भने इलाम क्षेत्र नम्बर २ मा पनि एक–एक क्षेत्रमा एमाले र कांग्रेस विजयी भएको छ ।
पाँच वटा निर्वाचन क्षेत्र रहेको झापा एकमा एक क्षेत्र कांग्रेस र एक क्षेत्रमा राप्रपा विजयी भएको छ ।
झापामा एमाले र राप्रपाबिच चुनावी तालमेल भएको थियो । त्यसैगरी क्षेत्र नम्बर दुईका दुबै क्षेत्रमा एमाले विजयी भएको छ । क्षेत्र नम्बर ३ मा एक क्षेत्र एमालेले जित हात पारेको छ भने एकमा कांग्रेस विजयी भएको छ । झापा ४ का दुई निर्वाचन क्षेत्र मध्ये एकमा एमाले र एकमा राप्रपा विजयी भएका छन् । झापा ५ को दुबै निर्वाचन क्षेत्रमा एमाले विजयी भएको छ ।
झापामा एमाले र राप्रपाबिच चुनावी तालमेल भएको थियो । त्यसैगरी क्षेत्र नम्बर दुईका दुबै क्षेत्रमा एमाले विजयी भएको छ । क्षेत्र नम्बर ३ मा एक क्षेत्र एमालेले जित हात पारेको छ भने एकमा कांग्रेस विजयी भएको छ
संखुवासभामा दुई मध्ये एकमा माओवादी र एकमा एमाले विजयी भएको छ । त्यसैगरी तेह्रथुमका दुई मध्ये एकमा एमाले र एकमा माओवादी विजयी भएको छ । भोजपुरका दुई निर्वाचन क्षेत्र मध्ये एकमा कांग्रेस र एकमा एकिकृत समाजवादी विजयी भएको छ । धनकुटाका दुबै निर्वाचन क्षेत्रमा एमाले विजयी भएको छ । मोरङमा ६ वटा निर्वाचन क्षेत्रमा प्रदेशसभाका १२ सिट रहेका छन् । ती मध्ये एक निर्वाचन क्षेत्रका दुबैमा एमाले विजयी भएको छ ।
क्षेत्र नम्बर दुईमा माओवादी र एमाले एक–एक क्षेत्रमा विजयी भएका छन् । तीनका दुई निर्वाचन क्षेत्र मध्ये एमाले र कांग्रेस एक–एक क्षेत्रमा विजयी भएका छन् । चारमा पनि एमाले र कांग्रेस एक–एक क्षेत्रमा विजयी भएका छन् । पाँचका दुबै क्षेत्रमा कांग्रेस विजयी भएको छ । ६ मा पनि एमाले र कांग्रेसका भागमा एक–एक क्षेत्र परेको छ ।
सुनसरी १ का दुबै क्षेत्रमा एमाले विजयी भएको छ भने दुईका पनि दुबै निर्वाचन क्षेत्रमा एमाले नै विजयी भएको छ । तीनको एक क्षेत्रमा एमाले विजयी भएको छ । एक क्षेत्रमा पनि एमाले अगाडि छ । चारको दुबै क्षेत्रको अन्तिम परिणामा आउन बाँकी छ । सोलुखुम्बुका दुई निर्वाचन क्षेत्र मध्ये एकमा एमाले र एकमा माओवादी विजयी भएको छ । खोटाङमा एक क्षेत्रमा एमाले र एक क्षेत्रमा कांग्रेस विजयी भएको छ ।
ओखलढुंगाका दुई निर्वाचन क्षेत्रमा एकमा माओवादी र एकमा कांग्रेस विजयी भएको छ । उदयपुर १ का दुई निर्वाचन क्षेत्रको परिणाम आउन बाँकी छ भने २ का दुबै निर्वाचन क्षेत्रमा कांग्रेस र माओवादी विजयी भएका छन् ।
ओखलढुंगाका दुई निर्वाचन क्षेत्रमा एकमा माओवादी र एकमा कांग्रेस विजयी भएको छ । उदयपुर १ का दुई निर्वाचन क्षेत्रको परिणाम आउन बाँकी छ भने २ का दुबै निर्वाचन क्षेत्रमा कांग्रेस र माओवादी विजयी भएका छन् ।
यसरी हेर्दा अब करीब ७ क्षेत्रको मात्रै परिणाम आउन बाँकी छ । परिणाम आएका क्षेत्रमा सबै भन्दा बढी एमालेले २५ क्षेत्रमा जित हात पारेको छ । भने कांग्रेसले १३ र माओवादी ६ क्षेत्रमा विजयी भएको छ । राप्रपा २ क्षेत्रमा विजयी हुँदा नेकपा समाजवादी १ क्षेत्रमा मात्रै विजयी भएको छ । झापामा एमालेले चुनावी तालमेल गरेका कारण राप्रपाको मत पनि एमालेलाई जाने देखिन्छ । अहिलेसम्म जितेको प्रत्यक्ष सिटमा गठबन्धनबाट २० र राप्रपासँग तालमेल गर्दा एमालेको २७ सिट छ । बाँकी स्थानको अन्तिम परिणाम आउँदा पनि एमाले नै अघि देखिन्छ ।
समानुपातिकको मतमा १६ लाख ५१ हजार ९ सय १७ मत गन्दा एमाले एक्लैले ४ लाख ८५ हजार ७ सय ६५ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले ४ लाख ८७ हजार ७ सय ६५ र राप्रपाले १ लाख ७७ हजार बढी मत प्राप्त गर्दा माओवादीको १ लाख ६१ हजार मात्रै छ । नेकपा समाजवादीले पनि जम्मा ५० हजार मात्रै मत ल्याएको छ । यसरी हेर्दा एमाले र राप्रपाको जोड्दा समानुपातिकमा पनि गठबन्धनको भन्दा बढी सिट आउँने देखिन्छ ।
समानुपातिकतर्फ दलहरूले प्राप्त गरिरहेको मतको रुझानका आधारमा एमालेले १५ देखि १६, कांग्रेसले १२ देखि १३, राप्रपाले ३ देखि ४, माओवादी केन्द्रले बढीमा ३, जनता समाजवादी पार्टीले २, एकीकृत समाजवादीले एउटा प्रदेश सांसद पाउने देखिएको छ । निर्वाचन आयोगका अनुसार यस प्रदेशको कुल ३३ लाख ९६ हजार ८ सय ६५ मतदातामध्ये ६० दशमलव ४९ प्रतिशतले मतदान गरेका थिए ।
अहिलेसम्मको रुझानलाई हेर्दा ९३ सदस्यीय प्रदेशसभामा एमालेले राप्रपासँग मात्रै मिल्दा पनि बहुमतको सरकार बनाउने देखिन्छ । यो प्रदेशबाट एमालेका स्थायी कमिटी सदस्य हिक्मत कार्की मुख्यमन्त्रीको लाइनमा हुनुहुन्छ । यद्यपि, केन्द्रीय सरकार बन्ने गठबन्धनले असर पारेको अवस्थामा भने यो सम्भावना तलमाथि पनि हुनसक्ने देखिन्छ ।