पर्यटनमन्त्रीद्वारा चन्द्रागिरि केबलकारको भ्रमण
चन्द्रागिरि । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दिलनाथ
गिरीले चन्द्रागिरि केबलकारको अनौपचारिक भ्रमण गर्नु भएको छ । अनौपचारिक भ्रमणमाआउनुभएका मन्त्री गिरीलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष एवम् नेपाल उद्योग बाणिज्य महासंघका नवनिर्वाचित उपाध्यक्ष श्री चन्द्रप्रसाद ढकालले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराउनुभएको थियो ।
विभागीय मन्त्रीको हैसियतले चन्द्रागिरि केबलकार परियोजनालाई पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत गर्न पहल गर्ने आश्वासन दिँदै मन्त्री गिरीले नेपालको पर्यटन विकासमा नीजि क्षेत्रको भूमिका महत्त्वपूर्ण रहने विश्वास व्यक्त गर्नुभयो । मन्त्री गिरि छुट्टी मनाउन यहीं शनिबार सपरिवार चन्द्रागिरि पुग्नुभएको थियो ।
ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरि डाँडामा यस
कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल
लगायतका पूर्वाधार निर्माण गरेको छ । भ्यूटावरमा रहेको दुर्विनबाट सगरमाथा लगायत अन्य हिमश्रृखलाहरुको समेत दृश्यावलोकन गर्न सकिन्छ ।
बैशाख १० गते ।