बारा २ मा एमालेबाट पुरुषोत्तम पौडेल उम्मेदवार

काठमाडौं, २० चैत । नेकपा एमालेले उपनिर्वाचनका लागि बारा क्षेत्र नम्बर २ मा पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आज मनोनयन दर्ताको केही घण्टा अगाडि एमालेले पौडेललाई उम्मेदवार बनाउने टुंगोलगाएको हो ।

पूर्व खेलकुद मन्त्रीसमेत रहेका पौडेल यसअघि साबिक बारा ३ र ६ बाट चुनाव जितेका थिए ।
गत मंसिर ४ को निर्वाचनमा बारा २ को निर्वाचनमा एमालेले जनता समाजवादी पार्टीलाई सघाएको थियो ।

जसपाबाट चुनाव जितेका रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि रिक्त भएको स्थानमा पूर्ति गर्न आगामी बैशाख १० गते उपनिर्वाचन हुन लागेको हो ।