गृहको साथ नपाएपछि सुकुम्बासी बस्ती हान्न गएको महानगरको डोजर ‘व्याक’ (दश तस्बिर)
काठमाडौं, २४ चैत । काठमाडौं महानगरपालिकाले काठमाडौंको तीनकुने गैरीगाउँस्थित सुकुम्बासी बस्तीमा डोजर चलाउन प्रयास गरेको छ । यद्यपि, सुकुम्बासी बस्तीका बासिन्दाले सडकमा टायर र ढुंगा थुपारेर बाटो अवरोध गरेपछि महानगरका डोजर फर्किएका छन् ।
गृहमन्त्रालयले समेत अनावश्यक रुपमा डोजर चलाउने महानगरको प्रयासमा साथ नदिएपछि व्याक भएको हो । बानेश्वर बहुमुखी क्याम्पस नजिकै बागमती करिडोर सडकमा सुकुम्वासी बस्तीका युवासहितको ठूलो भीडले बस्ती प्रवेशमा रोक लगाएपछि अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल पनि थप झडपको अवस्था आउन नदिन तैनाथ रहेका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह शसस्त्रको साथ माग्न पुगे पनि शसस्त्रले पनि साथ नदिएको बुझिएको छ ।
गृहको सहयोग नपाएपछि अहिले पनि महानगरले नगर प्रहरीलाई ट्रलिबसको कार्यालयमा तयारी अवस्थामा राखेको बुझिएको छ । एक दुई सय युवालाई हुलदंगा गर्न र सुकुम्बासी बस्तीमा ढुंगा हान्न तयारी अवस्थामा राखिएको समेत बुझिएको छ ।
केही हप्ता अघि महानगर प्रहरीले नदी किनारको अव्यवस्थित बस्ती हटाउन भन्दै सूचना निकालेकोको थियो ।
तर, गत शुक्रबार अदालतले तत्काल नभत्काउन आदेश दिएको थियो । अदालतको आदेशको समेत वेवास्था गर्दै डोजर आतंकमा महानगर उत्साहित भएपछि गृहले पनि महानगरको आलोकाँचो कामलाई साथ दिएको छ । केही महिना अघि थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर आतंक मच्याउँदा त्यहाँ झडप भएको थियो ।