निराको हत्यारा सार्वजनिक, लुटपाटका लागि हत्या भएकाे प्रहरीकाे निस्कर्ष
काठमाडौं, १७ वैशाख । कपनको सरस्वतीनगरमा भएको निरा आचार्यको हत्यामा संलग्न एक युवकलाई प्रहरीले नाै दिनपछि पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आचार्यको हत्यामा संलग्न अभियुक्त विनोद विकलाई पक्राउपछि आज दिउँसो सार्वजनिक गरेको हाे।
प्रहरीका अनुसार विकले निराको हत्या गरेको स्वीकारेका छन्। विकले वैशाख ७ गते निराकाे पसलमा छिरेर सिक्री लुटपाट गर्न खोज्दा प्रतिकार गरेकी थिइन्। प्रतिकार गरेपछि विनोदले पसलमै भएको चक्कुले पटक-पटक हानेर निराको हत्या गरेकाे बयान दिएका छन् ।
घटनापछि उनले पसलभित्रै लुगा फेरेर भागेका थिए । अनुुसन्धानमा संलग्न प्रहरीका अनुसार हुलियाको प्रमाण नहोस् भनेर उनीभित्र जाँदा र हत्या गरेर फर्किदा अर्कै लुगा लगाएको बयानका दिएका छन् ।
विकले सिक्रीसँगै केही नगद पैसा पनि लगेर हुनसक्ने भन्दै अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ भने सिक्री भने बरामद गरिसकेको छ । बरामद सिक्री बालाजुको सुन पसलमा भेटिएकाे प्रहरीले जनाएको छ ।