नेप्से परिसूचक २५.६६ अंक बढ्याे
काठमाडाैं, २३ जेठ । साताकाे तेस्राे काराेबार दिन नेप्से परिसूचक २५.६६ अंक बढेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक बढेर १९२७.६५ विन्दुमा पुगेको हाे। यस दिन सेन्सेटिभ इण्डेक्स २.८७ अंक बढेको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम सामान्य बढेको छ। यस दिन २६९ स्टकको ३६ हजार ११८ पटकको कारोबारमा १ अर्ब ९८ करोड १० लाख रुपैयाँ बराबरको ५५ लाख ४१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन १३ उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ५.६७ प्रतिशत बढेको छ।
त्यसैगरी, यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक ४.६४ प्रतिशत बढेको छ भने जलविद्युत उपसमूहको परिसूचक ३.१५ प्रतिशत बढेको छ।
यस दिन न्यादी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.८५ प्रतिशत बढेको छ। त्यस्तै, सनराइज फोकस्ड इक्विटी फण्डको इकाईमूल्य यस दिन ९ प्रतिशतभन्दा बढी बढेको छ भने सोल्टी होटलको शेयरमूल्य ८.७५ प्रतिशत बढेको छ।
कारोबार रकमका आधारमा यस दिन सोल्टी होटल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ९ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन शिवम् सिमेन्ट्सको ९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने अपर तामाकोशीको साढे ८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।