नेपालमा मनसुन भित्रिन अझै डेढ साता लाग्ने अनुमान
काठमाडौं, २६ जेठ । नेपालमा मनसुन भित्रिन अझै डेढ साता लाग्ने भएकाे छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुनी वायु भारतको दक्षिणी भाग केरला आइपुगेको हो।
मौसमविद्हरुका अनुसार भारतकाे केरला आइपुगेको मनसुन नेपाल आइपुग्न सामान्यतया दश देखि बाह्रदिन लाग्छ। कहिलेकाहिँ एक, दुई दिन तलमाथि पनि हुनसक्छ ।
नेपालमा मनसुनी वायु प्रवेश गरेपछि मात्र मनसुनी वर्षा सुरु हुन्छ। केरला आइपुगेको मनसुनी वायु बंगालको खाडीबाट उत्तरपूर्व हुँदै नेपालको पूर्वी जिल्ला झापाबाट नेपाल भित्रन्छ।
गत वर्ष नेपालमा जुन ५ मा मनसुनी वायु नेपाल प्रवेश गरिसकेका थिए ।