सीमा क्षेत्रमा भारतले गरेको दादागिरीको एमालेबाट भत्र्सना, कुटनीतिक पहलबाट समाधान खोज्न आग्रह 

maitrinews
काठमाडौँ, साउन १४ । नेकपा (एमाले) ले बाढीपहिरोबाट जीवन गुमाएका प्रत्येक मृतकका परिवारलाई पार्टीको ‘प्राकृतिक विपत्ति राहत कोष’ बाट रु २५ हजार आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको छ ।  उक्त रकम अविलम्ब पीडितहरु समक्ष पु¥याउनका लागि आवश्यक प्रबन्ध मिलाउन पार्टीका सम्बन्धित जिल्ला कमिटीहरुलाई निर्देशन दिएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको सो बैठकपछि सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा भएको छ–‘प्राकृतिक विपत्तिबाट पिडित भएकाहरुको दुःखमा हाम्रो पार्टी सदैव साथ रहँदै आएको छ । सचिवालय बैठकले मानवीय  संवेदनशीलतालाई ख्याल गर्दै पीडितहरुको राहतका लागि पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, व्यवस्थापिका संसदका सदस्यहरु तथा पार्टीको सिफारिसमा राजनीतिक नियुक्तिमा रहनुभएका कमरेडहरुबाट प्रतिव्यक्ति रु ५ हजार ‘प्राकृतिक विपत्ति राहत कोष’ मा सहयोग गर्ने निर्णय ग¥यो । ’
 साथै उक्त कोषमा आर्थिक सहयोग गर्न देश तथा प्रवासमा रहेका पार्टी कमिटी तथा सदस्यहरु, जनवर्गिय, पेशागत तथा सामुदायीक संघ÷संस्थाहरु, विभिन्न वर्ग र पेशाका जनसमुदायहरुलाई एमालेले अपिल गरेको छ । यसका लागि ‘नेकपा (एमाले) प्राकृतिक विपत्ति राहत कोष’ कृषि बिकास बैंक, कालिमाटी शाखामा चल्ती खाता नं. ०२१०३००७१७९१७०१० रहेको सबैमा जानकारीका लागि अनुरोध गरेको छ ।
बैठकले बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितहरुको उद्धार र राहतको कार्यमा स्थानीय प्रशासन, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, रेडक्रस लगायतका संस्थाहरुसँग समन्वय गरी अविलम्ब स्वयम सेवक कार्यमा जुट्न मातहत कमिटीहरु, जनसंगठनहरु, पेशागत तथा सामुदायीक संघ–संस्थाहरु लगायत आम जनसमुदायमा हार्दिक आव्हान गरेको छ ।
 त्यसैगरी बैठकले सीमा क्षेत्र (दशगजा) को भारतीय भूमिबाट ढुंगामुढा र आक्रमण गरी नेपाली नागरिकहरुलाई घाइते बनाइएको घटनाको निन्दा र भत्र्सना गरेको छ । एकतर्फी ढंगले बनाइएका बाँध र सडक लगायत संरचनाका कारण नेपालतर्फको  भू–भाग डुबानमा परेको तथ्यप्रति स्मरण गराएको छ । ‘यस समस्याको दिगो समाधानका लागि प्रभावकारी कदम चाल्न सरकारलाई ध्यानाकर्षण गराइएको छ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘यसै सन्दर्भमा हिजो सप्तरीको तिलाठी नजिकै भारतबाट दशगजा क्षेत्रमा बनाउन लागेको बाँधका कारण नेपाली बस्ती डुबानमा परेको र त्यसको विरोध गर्न जम्मा भएका स्थानीय जनसमुदाय माथि भारतीय भूमिबाट ढुंगामुठा र आक्रमण गरी नेपाली नागरिकहरुलाई घाइते बनाइएको घटनाको निन्दा र भत्र्सना गर्दछ ।’
 बैठकले नेपालको राष्ट्रिय हित र स्थानीय समुदायको सरोकारलाई ध्यानमा राख्दै प्रभावकारी कुटनीतिक माध्यमबाट समस्याको दीर्घकालीन समाधान गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउने पनि निर्णय गरेको छ । ‘स्थानीय जनसमुदायको सुरक्षा एवम् घाइतेहरुको उपचारमा तत्काल आवश्यक कदम चाल्न पनि सरकारसँग माग गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।  बैठकले विगत केही दिनदेखि अबिरल वर्षाका कारण देशभरी भएको जनधनको क्षतिका बारेमा केही प्रस्ताव गरेको छ । ‘विगत केहिदिनदेखि परिरहेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट जीवन गुमाएका दाजुभाई दीदीबहिनीप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकाकुल परिवारमा समवेदना व्यक्त गर्दै घाइतेहरुको प्रभावकारी उपचारको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाबाट विस्थापित भएका नागरिकहरुलाई घरबासको व्यवस्था मिलाई पुनः स्थापना गर्न समेत सरकारको ध्यानाकर्षण गरेको छ ।’
Press release