ओलम्पिकमा नेपालकी जलपरी गौरिका कान्छी खेलाडी घोषित

gaurica

ब्राजिल । ब्राजिलको रियो दि जेनेरियो सहरमा आयोजित हुने ओलम्पिकमा नेपालकी जलपरी गौरिका सिंह सबैभन्दा कान्छी खेलाडी घोषित भएकी छन्।
१३ वर्षीया गौरिका नेपालकी राष्ट्रिय कीर्तिमानी पौडी खेलाडी हुन्। उनले यही शुक्रबारदेखि शुरू हुने रियो ओलम्पिकमा महिलातर्फ १ सय मिटर ब्याकस्ट्रोकमा सहभागिता जनाउँदैछिन्। उनलाई रियो ओलम्पिकको आधिकारिक वेबसाइटले गौरिका सो खेलकूदमा सहभागिता जनाउनेमध्ये कान्छी खेलाडी भनेर पुष्टि गरेको छ।
त्यस्तै उनलाई भुकम्पबाट बाँचेकी, जो रियो ओलम्पिक २०१६ कै युवा खेलाडी भनेर परिचित गराएको छ। लन्डनमा बसोबास गरेकी गौरिका गत वर्ष बैसाख १२ गते महाविनासकारी भुकम्प आउँदा नेपालमै थिइन्। उनले वेबसाइटलाई बताएअनुसार उनी बसेको नयाँ घर केही भएन र उनले नयाँ जीवन पाएको बताएकी थिइन्।
गौरिकाले जब नेपालको पौडीमा पाइला चालिन्। तब धेरै जसो राष्ट्रिय कीर्तिमान ध्वस्त भएका छन्। उनले कम उमेरमै अहिलेसम्म सात राष्ट्रिय कीर्तिमान रचिसकेकी छिन्। गौरिकाले श्रेया धिताल, सोफिया शाह, नयना शाक्यले राखेको राष्ट्रिय कीर्तिमान तोडेर आफनो नामा सारिएकी छिन्।
गत वर्ष भारतको गुवाहटी र सिलोङमा सम्पन्न १२औं दक्षिण एशियाली खेलकूदमा समेत गौरिकाले नेपालको लागि उपलब्धि नतिजा निकालिन्। उनले सहभागि चार स्पर्धामै पदक जितेकी थिइन्। उनले एक रजत र तीन कांस्य पदक बटुलेर नेपालको पदकसंख्यामा आफनो योगदान दिएकी थिइन्।
लन्डनमा प्रशिक्षण लिएकी गौरिकाको १ सय मिटर ब्याकस्ट्रोकमा उत्कृष्ट समय १ मिनेट ७।३१ सेकेण्ड रहेको छ। उनी लन्डनबाटै रियोमा पुग्ने छिन्। उनले अगस्ट ८ मा प्रतिस्पर्धा गर्नेछिन्। यो इभेन्टको विश्व रेकर्ड ५८।१२ सेकेण्डको समय रहेको छ। जुन ग्रेट ब्रिटेनकी जेमा स्पफोर्थले रोममा भएको २००९ वल्र्ड च्याम्पियनसिप्समा सो विश्व रेकर्डको समय राखेकी हुन्। सोही इभेन्टअन्तर्गत गत लन्डन ओलम्पिकमा अमेरिकाकी मिस फ्रान्कलिनले ५८।३३ सेकेण्डमा स्वर्ण पदक जितेकी थिइन्। यदि गौरिकाले १ मिनेट भन्दा कम समय लिन सकेमा पदक जित्न सक्ने संभावना पनि छ।